२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

पुनर्वास गण्डकी सामुदायिक सेवा समाज नेपालको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन:तिमिल्सेना


  • २०८२ चैत्र २९, आईतबार मा प्रकाशित ४ दिन अघि
  • २३७ पाठक संख्या
  • धनबहादुर बिक,२९ चैत।गण्डकी सामुदायिक सेवा समाज नेपाल क्षेत्र नम्बर १ पुनर्वासको तेस्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    शनिबार पुनर्वास नगरपालिका ६ स्थित शर्मा पार्टी प्यालेस तथा अतिथि गेष्ट हाउसमा को शानदार सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।जसमा समाजका सदस्यहरू, स्थानीय अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलामा संस्थाको वर्तमान गतिविधि, आगामी योजना तथा सामुदायिक विकासका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो।भेलाको प्रमुख उद्देश्य संस्थाका सदस्यहरूबीच आपसी समन्वय, सहकार्य र एकता अभिवृद्धि गर्नु रहेको थियो। यस प्रकारका भेलाले संस्थागत गतिविधिहरूलाई प्रभावकारी बनाउनुका साथै समुदायका आवश्यकताहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा वक्ताहरूले समाजमा रहेका समस्या तथा चुनौतीहरू समाधान गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए। साथै, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि जस्ता क्षेत्रमा संस्थाले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।भेलाको महत्त्वबारे चर्चा गर्दै सहभागीहरूले यस्ता कार्यक्रमहरूले सदस्यहरूबीच विश्वास बढाउने, नयाँ योजना निर्माण गर्न सहयोग गर्ने तथा समाजप्रति उत्तरदायित्व बोध गराउने बताएका छन्। यस्तै, संस्थाको दिगो विकास र प्रभावकारी कार्यान्वयनका लागि नियमित रूपमा भेला आयोजना गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।कार्यक्रमको अन्त्यमा संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा अझ सशक्त र व्यवस्थित रूपमा सामाजिक सेवा कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।निर्वाचन साधारणसभा समेत रहेको भेलाले पुन केशव प्रसाद तिमिल्सिना को संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ नव गठित समिति को उपाध्यक्षमा शिवलाल शर्मा,महिला उपाध्यक्षमा सत्यादेवि चापागाईं,महासचिवमा हरि प्रसाद अधिकारी,सचिव आनन्द सुवेदी,कोषाध्यक्षमा लक्ष्मण थापा सदस्यहरूमा बिष्णु प्रसाद तिवारी,जितबहादुर थापा , मकर थापामगर,कृष्णप्रसाद बगाले,दिनेश पण्डित,बसन्ती पौडेल र महेन्द्र बहादुर बिक,निर्विरोध चयन भएका छन।त्यसैगरी लेखा संयोजकमा गजेन्द्र प्रसाद ढकाल चयन भएका छन।नवनिर्वाचित समिति को कार्यकाल दुई बर्षको रहने जनाईएको छ।गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट बसाइँ सरि पुनर्वासलाई कर्मथलो बनाउदै आएका हाल ४५० घरधुरी सङ्ख्या रहेको र ३ बर्ष अघि कञ्चनपुर जिल्ला प्रशासनमा विधिवत दर्ता भई संस्थागत कार्यक्रम सञ्चालन गर्दै आएको गण्डकी सामुदायिक समाज मा ३२ जना आजिवन सदस्य रहेको समाजका अध्यक्ष केशव प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । समाजका अध्यक्ष केशव प्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहनु भएको थियो।कार्यक्रममा नगर उप प्रमुख भुलिया कुमारी राना,पुर्व नगर प्रमुख जिवनराज थापा,वडा अध्यक्ष मित्र सिंह लामा,वडा सदस्यहरू,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत कार्यक्रमका विशिष्ट अतिथि तथा अतिथि हरू रहेका थिए।साधारणसभामा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका महासचिव हरि प्रसाद अधिकारी ले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर बिकले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट