२०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २७ औ साधारण सभा सम्पन्न सभापतिमा पुनः तिवारी


  • २०७९ पौष २३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५७० पाठक संख्या
  • माधब पौडेल ,२३ पौष ,नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २७ औ साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमको सभापति विष्णुप्रसाद तिवारी  रहनुभएको थियो। भने प्रमुख अतिथि बेलौरी नगरपालिका ६ को वडा अध्यक्ष भोजराज चौधरी ,विशिष्ट अतिथिमा प्रेमसिंह बोहरा कविता जोशी र अशोक पाण्डे र बेलौरी नगरपालिका  वडा नम्बर ६ का वडासदस्यहरुको सहभागिता रहेको थियो ।
    साधारण सभामा हरिसिंह बिष्ट , पदमपाणि ढकाल, तारा बिष्ट र अर्जुन ढकाल लाई सम्मान गरिएको सभापति तिवारी ले जानकारी दिनुभयो । शनिबार बसेको २७ औ साधारणसभा ले ११ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ। सभापतिमा विष्णुप्रसाद तिवारी, उपसभापति तारा शाही सचिव शेर ब बिष्ट , कोषाध्यक्ष धनेष दत्त पन्त , उपसचिव मधुविलास ढुङ्गाना, उपकोषाध्यक्ष विजय प्र. पौडेल , सदस्य चन्द्रप्रसाद पोखरेल , चित्रकला गैरे, चन्द्रसिंह विष्ट, टोलप्रकाश पौड्याल र आशाराम चौधरी लाई निर्वाचित गरेको हो । कार्यक्रम सञ्चालन उपशाखाका सचिव शेर बहादुर बिष्टले सञ्चालन गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट