२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

बेलौरी:जननमुना माध्यामिक विद्यालयको २४औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न


  • २०८२ पौष २०, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ५७९ पाठक संख्या
  • बेलौरी,२० पौष।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको जननमुना माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह आइतबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह चौधरी, प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्कबहादुर भूल,अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरी, वडा सदस्य कृपाराम चौधरी, रामनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपा चौधरी, विद्यालयका पूर्व व्यवस्थापन समिति पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख पोतिलाल चौधरीले जननमुना माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणमा स्थानीय समुदायको एकता, श्रम र त्यागबाट उभिएको नमुना विद्यालय भएको बताउनुभयो।

    रामनगर सामुदायिक वन उपभोक्ता समितिले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि हालसम्म करिब १ करोड ३० लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकेको छ।समितिले २४औँ वार्षिकोत्सव समारोहमा थप २० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेको छ ।रामनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपा चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह चौधरी दम्पतिले आफ्ना स्वर्गीय छोरा रेगन दहितको स्मृतिमा अक्षय कोष स्थापनार्थ गत वर्ष नै ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार आज दोस्रो किस्ताका रूपमा ५१ हजार ५ रुपैयाँको चेक विद्यालयलाई प्रदान गर्नुभएको छ।

    कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरीले नमुना विद्यालयका रूपमा विकसित यस संस्थालाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन वडाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।वार्षिक उत्सव समारोहका अवसरमा विद्यालयको वार्षिक प्रगति विवरण सार्वजनिक गरिएको थियो। साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विविध प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए। विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा धन्यवाद ज्ञापनसमेत गरिएको थियो।कार्यक्रममा बोल्ने वक्ताहरूले जननमुना माध्यमिक विद्यालय जनश्रम, सामुदायिक लगानी र स्थानीय स्वामित्वबाट उभिएको नमुना विद्यालय का रूपमा अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट