बेलौरी, ०३ मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गत लक्ष्मीपुर स्वास्थ्य चौकी (गोकुलपुर), श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र (बेलौरी) र रामपुर स्वास्थ्य चौकी (कलकत्ता) लाई कोभिड २१ मा बेलौरीबासीका लागि प्राप्त सहयोग संकलन समितिले एक एक थान शव–चिस्यान मेसिन र ५ किलोवाट क्षमताका एक थान/ स्टेबलाइजर सहित बुधबार हस्तान्तरण गरिएको छ।

बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकी सञ्चालन समिति अध्यक्ष कलविर चौधरी, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सञ्चालक समितिका अध्यक्ष अर्जुन ढकाल र रामपुर स्वास्थ्य चौकीका सञ्चालक समितिका अध्यक्ष विश्राम रानालाई उपकरण हस्तान्तरण गरिएको कोभिड २१ मा बेलौरीबासी सहयोग संकलन समितिका संयोजक खड्क शाहले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस