२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

बेलौरीमा चित्रकला प्रतियोगिता सम्पन्न,वात्सल्य विद्या निकेतनकी आशिका विष्ट प्रथम


  • २०८२ मंसिर २, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ७१८ पाठक संख्या
  • माधब पौडेल, ०२ मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिकाको विपद् व्यवस्थापन शाखाले ५ औं कञ्चनपुर सम्मेलनको पूर्वतयारी अन्तर्गत वालवालिकामुखी जलबायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण विषयक चित्रकला प्रतियोगिता मङ्गलबार सम्पन्न गरेको छ।

    प्रतियोगितामा वात्सल्य विद्या निकेतनकी छात्रा आशिका विष्ट प्रथम, कल्याण माध्यमिक विद्यालयकी आशिका चौधरी द्वितीय, र जिवनरेखा विद्या मन्दिरका आयुष भट्ट तृतीय भएका छन्। प्रतियोगितामा बेलौरीका १२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।प्रतियोगिताका विजेताहरूलाई यही मङ्सिर ५ गते हुने ५ औं कञ्चनपुर सम्मेलनको विशेष समारोहमा पुरस्कृत गरिने विपद् व्यवस्थापन शाखाका फोकल पर्सन अशोक पाण्डेयले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट