२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु


  • २०८२ कार्तिक ३, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १०२२ पाठक संख्या
  •  

    बेलौरी, ३ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ को पुष्पलाल सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट सोमबार एक वृद्धको मृत्यु भएको छ।

    बेलौरी नगरपालिका वडा नम्बर ३ बुटावारी बस्ने करिब ६५ वर्षीय श्रीप्रसाद आचार्य सोमबार बिहान पुष्पलाल सामुदायिक वन क्षेत्रमा  जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक वीरबहादुर धामीका अनुसार आचार्यको शव बेलौरी–कलुवापुर सडक खण्डबाट करिब सय मिटर भित्र क्षतविक्षत अवस्थामा फेला परेको बताउनुभयो।घटनास्थल नजिकै मृतकको साइकल भेटिएको र शवको पहिचान भई पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ। घट्ना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।

    सो क्षेत्रमा करिब एक महिनादेखि हात्तीको बथान देखा पर्न थालेको उक्त क्षेत्रमा जङ्गली हात्ती आतंक बढ्दै गएको वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष साइटु कुमार चौधरीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट