२०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

सरकारले अनुदान कटौती गरेपछि कञ्चनपुरका उखु किसान आन्दोलित


  • २०८२ श्रावण १९, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ३८१ पाठक संख्या
  • केशव थापा,कञ्चनपुर,१९ श्रावण।सरकारले चालु आर्थिक बर्षदेखि उखु अनुदानमा दिदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित भएका छन । कृषि प्रर्बद्धनका लागि सरकारले उखुमा दिदै आएको अनुदान रकम कटौती गरेपछि उखु उत्पादक किसान आन्दोलित भएका हुन।नगदे बालीको रुपमा रहेको उखुमा दिदै आएको अनुदान प्रभावकारी भए पनि सरकारले अनुदान कटौती गरेपछि उनीहरु आन्दोलित भएका हुन। उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सिधै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएका छन ।

    उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले उखु किसानमाथि अन्याय भएको भन्दै प्रशासन मार्फत ज्ञापन पत्र पठाएको बताउनुभयो । कोषाध्यक्ष राईका अनुसार अन्य कृषि तर्फको अनुदान चरम दुरुपयोग भएपनि उखु उत्पादनकै आधारमा मात्रै सरकारले प्रति क्विन्टल ७०रुपैया दिने भएकाले सो कटौती गरेपछि किसान आन्दोलनमा उत्रिएको बताए । उनले गत आर्थिक बर्ष २०८१/०८२मा १अर्ब ६०करोड रुपैया समेत भुक्तानी नगरेको र २०८२/०८३कोे बजेट मार्फतै अनुदान कटौतीले किसान निरास भएको बताउनुभयो।

    आर्थिक बर्ष २०७१/०७२देखि उखुको मुल्य निर्धारण गर्दा नेपाल सरकार, चिनी उद्योग र किसानविच मुल्य निर्धारण गर्दा चिनीमा अन्तशुल्क हटाई मुल्य अभिवृद्धि कर लगाउने र मुल्य अभिबृद्धि कर लगाए वापत मुल्य अभिबृद्धि कर दाखिलाको ७० प्रतिशतले हुन आउने रकम उखुको मुल्यमा समावेस गर्दै उखु भुक्तानी गर्दा उद्योगले दिने सो बाफतको रकम मुल्य अभिबृद्धि दाखिला गर्दा उद्योगलाई छुट दिने चलन आर्थिक बर्ष ०७५/०७६पछि सरकारले सो हटाएर अनुदानमा परिणत गरेपछि अहिले हटाउन थालेपछि किसान निरुत्साहित भएको बताउनुभयो । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीलाई ज्ञापन पत्र बुझाउँदै उखु उत्पादक किसान हकहित तथा सरक्षण समितिका अध्यक्ष हरी चन्द(ठकुरी)ले अनुदान कटौती गरेर किसानलाई विदेशिन बाध्य पार्ने व्यवस्था हटाई गत विगतको जस्तो अनुदान निरन्तरतामा ध्यानाकर्षण गराएका छन । अनुदान निरन्तरताका साथै गत बर्षको भुक्तानी, चालु बर्षको मुल्य निर्धारण गर्न समेत माग अघि सारेका छन । माग पुरा नगरेर चिनी उद्योग अगाडी बिरोध प्रर्दशन, साउन महिनाभित्रै माग पुरा नगरे आगामी भदौँ दोस्रो साता ८ देखि काठमाण्डौँ केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिएका छन । अन्य कृषि तर्फ कामै नगरेर राज्यको करोडोँ रकम मुल्याउने प्रचलन भएपनि काँग्रेस, एमाले नेतृत्वको सरकारले किसानको प्रर्बद्धनको साटो अनुदान कटौती गरेर निरुत्साहित पार्ने काम गरेको आर्थिक क्षेत्रका किसान नेताहरुको भनाई छ । अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज दशरथ भण्डारीले अहिलेको सरकारले किसान प्रर्बद्धन भन्दा पनि विचौलियाको सेवामा केन्द्रीत हुँदा किसानमाथि अन्याय भएको बताउनुभयो ।किसानलाई यस अघिको सरकारले दिदै आएको सेवा सुविधाले मात्रै नभई प्रर्बद्धनका लाथि थप्नुपर्नेमा सुझाव दिएका छन । कञ्चनपुरमा झण्डै १० हजार उखु किसान छन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट