२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग


  • २०८२ श्रावण १७, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ४१२ पाठक संख्या
  • कञ्चनपुर,१७ श्रावण।कैलालीको धनगढी स्थित कमल रेस्टुरेन्ट एण्ड बारका संचालक कमल राना र कमला राना दम्पतीले छोराको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पतीले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् ।

    भीमदत्त नगरपालिका-५ स्थित बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई राना दम्पतीले छोराको जन्मदिनको अवसरमा चामल, दाल, फलफुल, लगायत खाद्यान्न सहयोग गरेको अनेरास्ववियु कन्चनपुर जिल्ला सह-संयोजक बासुदेव भट्टले बताउनुभयो।साथै सह-संयोजक भट्टले परिवार गायत्री भट्टको पनि शुक्रबार परेको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट