२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

बेलौरी नगरपालिका वडा नम्बर ९ को आयोजनामा सातदिने हेयर कटिङ्ग तालिम सम्पन्न


  • २०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६७७ पाठक संख्या
  • माधब पौडेल,०६ जेष्ठ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ को आयोजनामा युवायुवतीहरुलाई आयमुलक तथा सिपमुलक कार्यक्रम अन्तर्गत(सातदिने) नाई तालिम सम्पन्न भएको छ।बेलौरी नगरपालिका वडा नम्बर ९ कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम युवायुवतीहरुलाई आयआर्जन सम्बन्धी सिपमुलक तालिम शिर्षक अन्तर्गत ७ दिने नाई (हेयर कटिङ) तालिममा वडा भित्रका १ जना महिला,२ जना अपाङ्ग र अन्य ९ जना गरी जम्मा १२ जना प्रशिक्षार्थीहरुलाई ७ दिने तालिम सहित हेयर कटिङ्ग सम्बन्धी सामग्री हस्तान्तरण गरिएको बेलौरी नगरपालिका वडा नम्बर ९का वडाध्यक्ष किशन सिंह रानाले जानकारी दिनुभयो। यो तालिमले स्वरोजगारमा सहयोग पुग्ने वडाध्यक्ष रानाले बताउनुभयो।कार्यक्रमको सहजीकरण सहायक कम्प्युटर अपरेटर जगदिश चौधरीले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट