२०८३ श्रावण २२, शुक्रबार | Fri, 07, Aug, 2026

बेलौरी: हजुरआमाको वार्षिक पुण्यतिथिको अवसरमा शिक्षिका जोशीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण 


  • २०८१ पौष २६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७१० पाठक संख्या
  • माधब पौडेल,२६ कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको शारदा माध्यमिक विद्यालय विद्यानगरमा कार्यरत शिक्षक कमला पण्डित जोशीले आफ्नो हजुरआमाको वार्षिक पुण्यतिथिको अवसरमा आफूले अध्यापन गराइरहेको विद्यालयमा अध्ययनरत आधारभूत तह कक्षा १ देखि ५ सम्मका छात्र छात्रालाई बिहिबार एक कार्यक्रमका बीच ३६ थान न्यानो कपडा स्विटर प्रदान गर्नुभएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई पुण्य तिथिकै अवसरमा खाजा नास्ताको व्यवस्था समेत गरेको विद्यालयका सहायक प्रधानाध्यापक अमरसिंह बिष्टले जानकारी दिनुभयो। शिक्षिका कमला पण्डित जोशी २०८१ साल वैशाख महिनादेखि सोही विद्यालयमा आधारभूत तहमा अध्यापन गराइरहनु भएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट