२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

पुनर्वासमा सशस्त्र प्रहरीद्धारा २ नाल भरुवा बन्दुक बरामद


  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ६१७ पाठक संख्या
  • माधब पौडेल, ०६पौष।कन्चनपुर पुनर्वास नगरपालिका ११ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल,नेपाल नं.३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी अन्तरगत रहेको बि.ओ.पि.डोकेबजारबाट खटिएको सीमा पैदल गस्ति टोलीले पौष ५ गते राति करिब ९ बजे २ नाल भरुवा बन्दुक बरामद गरेको छ। स.प्र.बल नेपालको गस्ती टोलीले सीमा क्षेत्रमा ती व्यक्तीहरुको हर्कत देखेपछि पिछा गर्ने क्रममा २ नाल भरुवा बन्दुक फालेर भारतको दुधुवा नेशनल पार्कको जंगलतर्फ भागेको सशस्त्र प्रहरी बल,नेपाल नं.३५ गण हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले जानकारी दिनुभयो।नियन्त्रणमा लिएको हतियार आवस्यक कार्बाहिको लागि नेपाल प्रहरीलाई बुझाउने समन्वय भई रहेको समेत बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट