माधब पौडेल , कार्तिक ६ , कञ्चनपुरको बेलडाँडीका पालिका प्रमुख हरिश्चन्द्र राना जनता संग गरिएका बाचा पूरा गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
पालिका प्रमुख रानाको सक्रियता बाट कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सर्प दंशको उपचारको सुविधा पहिलो पटक सुरु गरिएको छ ।
जिल्ला सदरमुकाम र धनगढी देखि दुर्गममा रहेको बेलडाँडी गाउँपालिकाका जनतालाई अकाल मृत्युबाट जोगाउन नव निर्वाचित जनप्रतिनिधिको अथक प्रयास पछि पहिलो पटक पालिकामै सर्प दंशको उपचारको सुरुआत गरिएको हो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना र उपाध्यक्ष शान्ति नाथले आइतबार सर्प दंश उपचार सेवाको उद्घाटन गरेका हुन ।
यस अघि रेविज खोप सेवा सञ्चालनमा आइसकेको बेलडाँडीमा सर्प दंशको उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।
जनताले अकाल मृत्यु भोग्न नपरोस भनेर रेविज खोप र सर्पदंशको उपचार सेवा सुरु गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए ।
आफुले चुनावका बेला जनता समक्ष गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने अभियानमा आफू कृयाशिल रहेको अध्यक्ष रानाले बताए ।
स्थानीय सरकार आएको करिब छ महिनामा बेलडाँडी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजको उपचार, पोष्टमाटम सेवा, सर्पदंशको सेवा पनि सुचारु भएको छ । यस अघि सो सेवाहरु पालिकामा नहुँदा महेन्द्रनगर तथा धनगढी धाउनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस