२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

रानाथारु समुदायको तीज पर्व अवसरमा स्थानीय बिदा


  • २०८१ श्रावण २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४५० पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ साउन । रानाथारु समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्व २०८१ को अवसरमा भोलि साउन २३ गतेका दिन कञ्चनपुरको बेलौरी, पुनर्वास र लालझाडीमा स्थानीय बिदा दिइएको छ । तीज पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगरी यस पर्वलाई सभ्य, भव्य तथा आर्थिक रुपमा मितव्यायी बनाउन समेत स्थानीय तहहरूले आग्रह गरेका छन्।

     

    अधिकांश समुदायले भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरेपनि कञ्चनपुर र कैलालीका आदिवासी रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गर्दछन् । तीजको पूर्व सन्ध्यामा आज कञ्चनपुरको लालझाडी गाउँपालिकामा सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट