२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

उखुबारीमा अलपत्र छोडिएको शिशुको उद्धार पश्चात् आफन्तलाई जिम्मा लगाइयो


  • २०८० आश्विन ५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ४६०२ पाठक संख्या
  • बेलौरी, ०५ असोज । कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको अवस्थामा उद्धार गरिएको शिशुलाई आफन्तको जिम्मा लगाइएको छ । अन्दाजी एक वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीय नागरिकहरूले उद्धार गरेका थिए । सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको  शिशुको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो । शिशुको उद्धार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो । त्यसक्रममा शिशुकि आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ । शिशुकि आमा सर्मिला चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । शिशुलाई भने सर्मिलाकी आमा पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताउनुभयो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना सहितका जनप्रतिनिधि, दुवै नगरपालिकाका महिला विकास शाखाका संयोजक तथा स्थानीय कर्मचारी, पत्रकार लगायतको रोहबरमा प्रहरीले शिशुलाई अभिभावकको जिम्मा लगाएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३७%१७%७%४%१३%१२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट