२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

कञ्चन सामुदायिक विकास केन्द्र मातहत समावेशी मुल समितिको तेस्रो वार्षिक सधारण सभा सम्पन्न


  • २०८० श्रावण २९, सोमबार मा प्रकाशित २ साल अघि
  • ५२० पाठक संख्या
  • बेलडाँडी,२९ श्रावण । समुदायमा आधारित मुनाफा रहति कञ्चन सामुदायिक विकास केन्द्र बेलडाँडी मातहत रहेको समावेशी मुल समितिको तेस्रो वार्षिक सधारण सभा चवन्नी वजारको खुल्ला मञ्चमा एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

    आज सोमवार मुल समितिले आफु मातहतका ८ वटा समूहले गरेको वार्षिक प्रतिवेदन पेशगर्दै आगामी कार्ययोजना समेत सार्वजनिक गरेका छन् । मनोज नेपालीद्धारा सार्वजनिक गरेको प्रतिवेदनमा समूहहरुले मिलिजुली बचत गर्ने समूहका कुनै पनि ब्याक्तिलाई समस्या पर्दा बचत गरेको रकम सस्तो भन्दा सस्तो ब्याजदरमा उपलब्ध गराउने, गाउँटोल समाजसमा सफाई गर्ने, कृषि उत्पादन, बाख्रा पालन, आन्मनिर्भर बन्न मिनि ब्यवसाय गर्न प्रोत्साहित गर्दै आएको बताए । उहाँका अनुसार आगामी दिनमा समूहहरुलाई थप सशक्त बनाई पालिका वडासंग समन्वय गर्दै अगाडी बढाउने कार्ययोजना रहेको जनाए ।
    कार्यक्रममा अधिकांस वक्ताले समूहहरुले गरेको प्रगति सम्मानजनक भएको उल्लेख गरे । कार्यक्रममा स्वागत मनतब्य राख्दै कञ्चन सामुदायिक विकास केन्द्रकी व्यवस्थापक गिता राना क्षेत्रीले भने “आफुहरुको संस्थाले यस्ता कार्यक्रम शुन्य रकममा गर्दै आएको उदाहरण दिदै बेलडाँडी समृद्धिका योजना कञ्चन सामुदायिक विकास केन्द्रसंग रहेको औल्याए । पालिकासंग केन्द्रले बारम्वार टोलविकास योजना कार्यान्यनका लागि हातफैलाएको बताए ।” समुदायमा काम गर्ने समूह समितिसंग वडा कार्यालय मिलेर अघि बढ्ने वडा सदस्य रमेश चनाराले जनाउनु भयो । उहाँका अनुसार वडाको विकासमा वडाका समूह समितिको समेत मुख्य भूमिका रहेन बताइएको छ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले “महिलाको पक्षमा आफुले छोरी जन्मिदा प्रोत्सान कार्यक्रम बेलडाँडीमा लागु गरेको जनाउदै सुत्केरी हरुका लागि बेलडाँडी भरी एम्वुलेन्स सेवा फ्री गरेको बताइन ।” यस संस्थाले बेलडाँडीमा राम्रो कार्य गर्दै आएको प्रशंसा गर्दै उनले भनि पालिका संग समन्वय गरेर अगाडी बढ्न आग्रह गरिन । महिलालाई अधिकार कसैले नदिने भन्दै अधिकार लडेर समेत लिनु पर्नेमा जोड दिनुभयो ।

    समितिको अध्यक्ष पुजा सुनारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी पालिका उप प्रमुख शान्ती नाथ रहेका थिए । कार्यक्रम सकिए लगत्तै कार्यक्रम स्थलमा सरसफाई समेत गरिएको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट