
माधब पौडेल ,१५ श्रावण ।कञ्चनपुरको बेलौरी बजार स्थित बर्षाैदेखि बन्द अवस्थामा रहेको हाट बजारमा साेमबार महाकाल युवा समूह बेलौरी द्वारा सरसफाइ गरेको हाे।
केहि बर्षदेखि बन्द रहेको हाटबजार पुन सञ्चालनकाे माग राख्दै महाकाल युवा समूहले सरसफाइ गरेको समूहका सचीव ईश्वर बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार हाट बजार सञ्चालनमा आए यस क्षेत्रका बासिन्दाको आय आर्जनमा समेत टेवा
पुग्ने बताउदै। अहिले प्रयोग बिहिन बन्दा याे क्षेत्र लागूऔषध दुर्व्यसनीकाे हब बनिरहेकाले तत्काल हाटजार सञ्चालनमा ल्याउन स्थानीय सरकार समक्ष अपिल समेत गर्नुभएको छ।

सरसफाइका क्रममा सयौंको सङ्ख्यामा लागूऔषध प्रयोगकर्ताले प्रयोग गरेका सामग्री फेला परेपछि महाकाल युवा समूहका अध्यक्ष मदन बोहराले चिन्ता व्यक्त गर्नुभयो । ।
पछिल्लो समय बेलौरीको छोटी भन्सारमा सरसफाइ लगायत सामाजिक कार्य गर्दै आएको जय महाकाल युवा समूहले हाटबजार क्षेत्रमा सरसफाइ गरेको छ। कार्यक्रममा स्थानीय बुद्धिजीवी लगायत नेपाल प्रहरीको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस