२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

बेलौरीको पचुईँ क्षेत्रमा बाघको निगरानीका लागि ६ वटा स्वचालित क्यामेरा जडान


  • २०८० बैशाख १९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७८३ पाठक संख्या
  • बेलौरी ,बैशाख १९, बेलौरी नगरपालिका–८ पचुईँ क्षेत्रमा निगरानीका लागि ६ वटा स्वचालित क्यामेरा जडान गरिएको हो। अझैसम्म पनि नेपाल भारत सिमा नजिक बाघ आएको हल्लाले स्थानीयमा बाघको त्रास कम हुन नसकेकोले राष्ट्रिय प्राकृतिक सरक्षण कोष शुक्लाफाटा राष्ट्रिय निकुञ्ज को सहयोगमा डिभिजन बन कार्यालय कञ्चनपुरले बेलौरीको पचुईँ क्षेत्रमा बाघबाट थप घटना नघटोस भन्ने उदेश्यले सो क्षेत्र आसपासमा ६ वटा स्वचालित क्यामेरा जडान गरिएको बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

    उक्त क्षेत्रमा वैशाख ८ मा घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ पचुईकी गंगा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो। सो क्षेत्र नजिक घाँसपात काट्न जान र खेतीपाती भित्र्याउन समेत गाह्रो भएको स्थानीयले बताउदै आएका छन ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट