२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

बेलौरी नगरपालिका ८ स्थित नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएकाले सचेत रहन वन कार्यालयको आग्रह


  • २०८० बैशाख १७, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५२१ पाठक संख्या
  • बेलौरी,१७ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचुईसँग सीमा जोडिएको भारतीय गाउँ राघापुरीमा फेरी बाघ देखिन थालेको छ । आईतबार सीमा स्तम्भ नम्बर ३८ नजिकै पचुईसँग सीमा जोडिएको भारतीय गाउँ राघापुरीमा फेरी बाघ देखिएको हो । सो सिमा क्षेत्रमा बाघ देखिए पछि दुबै देशका स्थानीयबासिन्दामा त्रास फैलिएको छ । पचुई बस्ने ३५ वर्षीया मिच्चु राना आइतबार दिउँसो ३८ नम्बर स्तम्भ नजिक घाँस काटन गएको समयमा बाघ गर्जेको आवाज सुनेको बताएकी छन । उनी भाग्दै भारतीय गाउँ टिल्ला नम्बर ४ को सीमा सुरक्षा बल (एसएसबी) को बीओपी मातहतको फरवार्ड पोष्ट पुगेकी थिइन् । एसएसबीले महिलाले भनेको ठाउँमा बाघ देखिएको हुदा सतर्क रहन नेपाली प्रशासनलाई पनि अनुरोध गरेको छ । बाघ देखिएको ठाउँमा भारतीय बन टोली, त्यहाँको प्रहरी, एसएसबी लगायत स्थानीयहरुले खोजि गरिरहेको छ ।

    बेलौरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बिषराम रानाका अनुसार उक्त बाघ नेपाल भारत सिमा क्षेत्र नजिक देखिएकाले नेपालतर्फ आउन सक्ने सम्भावना रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै जनप्रतिनिधि र स्थानीयको समन्वयमा सुरक्षा सतर्कता बढाइएको बताउनुभयो । यस्तै कुण्डा सव डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पिलर नम्बर ३८ को अन्दाजी ५०० मिटर दक्षिणतर्फ भारतीय भु–भागमा बाघ, चितुवा,चितल देखिएको र सुनिएकोले सबैमा सचेत रहन आग्रह गर्नुका साथै हल्ला, डर र त्रास तुरुन्तै फैलिने सम्भावना रहेकोले सत्थ्य तत्थ्य बुझेर मात्र सुचना सम्प्रेषण गर्न सबैमा अनुरोध गर्नु भएको छ । यस्तै केही दिन अघि पचुईकी ४२ वर्षीया गंगादेवी चन्द खप्टीनाला क्षेत्रमा घास काटन गएको बेला बाघले आक्रमण गरी उनको ज्यान लिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सयुक्त टोलिले उक्त बाघ लाई नियन्त्रणमा लिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट