२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

बेलौरी:कल्याण माध्यमिक विद्यालयको ३७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


  • २०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ४२१ पाठक संख्या
  • माधब पौडेल, २५ मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ पैलाहामा रहेको कल्याण माध्यमिक विद्यालयको ३७औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ।

    कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौधरी,प्रमुख अतिथि बेलौरी नगरपालिका वडा ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ,विशिष्ट अतिथिबेलौरी नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्ट, अतिथिमा शारदा माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक अमर सिंह बिष्ट, शिक्षक अभिवावक संघ (PTA)अध्यक्ष श्याम प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य आरती चौधरी,लगायत समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।
    विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक रामसिंह बिष्टले प्रस्तुत गर्नुभएको थियो।वार्षिकोत्सव सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।

    कार्यक्रमका बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिका वडा ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले गुणस्तरीय शिक्षा र सक्रिय विद्यालय वातावरणले विद्यार्थीको भविष्य निर्माणका लागि बलियो आधार रहेको बताउँदै शैक्षिक गुणस्तर वृद्धिका लागि वडाबाट गर्नुपर्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो।प्रतियोगितामा महिलाहरूका लागि घैंटोफोड पुरुषहरूका लागि कुर्सीदौड, छात्र–छात्रा भलिबल, हाइजम्प, लाङजम्प, तथा कबडी जस्ता प्रतिस्पर्धात्मक खेलहरू गरिएको थियो।खेलमा विजयी खेलाडी तथा टोलीलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामसिंह बिष्टले जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक विष्णुप्रसाद तिवारीले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट