२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

पुनर्वास ९ मा एकदिने आँखा शिविर सम्पन्न,३ सय ४८ जनाले लिए सेवा


  • २०८२ मंसिर २०, शनिबार मा प्रकाशित ४ महिना अघि
  • ४४९ पाठक संख्या
  • धनबहादुर बिक, २० मंसिर।पुनर्वास नगरपालिका ९ मा एकदिने आँखा शिविर सञ्चालन गरिएको छ ।शिविरमा ३ सय ४८ जनाले सेवा लिएका छन।जसमध्ये १ सय ७७ सामान्य बिरामीलाई आँखाको औषधि प्रदान गरिएको थियो भने १ सय ३ जनालाई नि शुल्क चस्मा वितरण गरिएको थियो।त्यस्तै ५९ जना आँखा बिरामीलाई वडाको सिफारिसमा नि शुल्क मोतियाबिन्दुको अप्रेसन हुने वडा अध्यक्ष नरबहादुर बिकले जानकारी दिनुभयो।लक्ष्मी सनराईज बैंक लिमिटेड धनगढी शाखाको आयोजना तथा धनगढी नेत्रालय आँखा अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोग एबं पुनर्वास नगरपालिका वडा नम्बर ९ को सहकार्यमा उक्त आँखा शिविर सञ्चालन गरिएको हो।शिविरमा आयोजक सनराईज बैंकका कार्यक्रम अधिकृत सुरेश भट्ट,बैंकका पुनर्वास स्थानीय सहजकर्ता युवराज पौडेल आँखा चेकजाँचमा धनगढी नेत्रालय आँखा अस्पतालका स्वास्थ्यकर्मी संगिता वम,बबिता चन्द,ललिता चौधरी र प्रमोद राना रहेका थिए भने वडाका जनप्रतिनिधिहरू वडाध्यक्ष नरबहादुर बिक, वडा सदस्य राजन सुनार, मणिनाथ बोगटी लगायत सेवाग्राहीलाई सेवा प्रदानका निमित्त खटिएका थिए।सामाजिक उत्तरदायित्व पूरा गर्नका निमित्त नि शुल्क आँखा शिविर सञ्चालन गरिएको सनराईज बैंकका कार्यक्रम अधिकृत सुरेश भट्टले बताउनुभयो। पुनर्वास नगरपालिका ९ को विकट बस्तीमा आँखा शिविर सञ्चालन गरि सर्वसाधारणलाई सेवा दिन पाउँदा खुसी लागेको वडाध्यक्ष बिकले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट