माधब पौडेल, २०भाद्र।कञ्चनपुरको बेलौरी नगरपालिका–४ र ६ को संयुक्त आयोजना शान्ति पुनर्स्थापना गृहको समन्वय एवं इलाका प्रहरी कार्यालय बेलौरीको सहकार्यमा”तिनै तहका सरकार मिली गरौं हातेमालो मानव वेचविखनको हटाऔं दुष्चक्रको जालो”भन्ने मूल नारा सहित बेलौरी बजार परिक्रममा गरी प्रभातफेरी कार्यक्रम गरिएको थियो।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बेलौरी वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, रेडक्रस उपशाखा बेलौरी अध्यक्ष विष्णुप्रसाद तिवारी,महाकाली माध्यामिक विद्यालयका शिक्षक करण विजय चन्द, शान्ति पुनर्स्थापना गृह प्रमुख नितु विष्ट, समाजसेवी बुद्धिजीवी तथा महाकाली माध्यमिक विद्यालय र शारदा माध्यामिक विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो।
अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह धामीले मानव बेचबेखन तथा ओसारपसारविरुद्ध अपराधको परिचय,अवस्था,कसुर र सजायको विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष अर्जुन ढकालले मानव बेचबिखन विरुद्ध युवापुस्तालाई सचेत बनाएर मात्रै यो अपराधलाई रोक्न सकिने बताउँदै हामीहरूले यो अभियानलाई जनस्तरबाटै सशक्त बनाएर लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय बेलौरीका प्रमुख नितु विष्टले मानव बेचबिखन रोकथामका विषयमा शान्ति पुनर्स्थापना गृहले जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेका बताउँदै बेलौरी नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ बाट प्राप्त आर्थिक सहयोग र संस्थाको समन्वयमा सेफहाउस सञ्चालन गरेको समेत बताउनुभयो।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष भोजराज चौधरीले मानव बेचबिखन रोकथामका लागि समुदायस्तरमै निरन्तर सचेतना आवश्यक रहेको बताउँदै हामी सबैले हातेमालो गर्न सके बेचबेखनका घटनाहरुलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो।कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा सचिव केशव प्रसाद उपाध्यायले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस