माधब पौडेल, ३०श्रावण। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा नेपाल ईटा उद्याेग महासंघ सुदुर पश्चिम प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल ईटा उद्याेग महासंघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष बलदेव सिंह बुडालले अहिलेको अवस्थामा उद्योग सञ्चालनका लागि निकै कठिन परेको बताउँदै हामी उद्योगीहरुले जसो तसो उद्योग संचालन गरेको बताउनुभयो।२०८१ मंसिर ८ गते उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भएको परिपत्र अनुसार पौष मसान्त पछि मात्र भट्टामा आगो लगाउने निर्णय गरेको बताउनुभयो। सातै प्रदेशका ईटा उद्योगहरुको दर्ता प्रकियाको नियमनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,प्रत्येक प्रदेशको मुख्यमन्त्रीको कार्यालय र स्थानिय तहले गर्नुपर्ने जोडदिएको थियो। ईटा उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न कामदारको स्वास्थ्य मध्यनजर गर्दै भट्टामा आगो लगाउने निर्णय गरेको बताउनुभयो।कन्चनपुर ईटा उद्याेग ५५ वटा दर्ता रहेका छन् भने अहिले ३५ वटा ईटा उद्याेग मात्र सञ्चालनमा रहेको जानकारी दिनुभयो। यस्तै अवस्था रहे उद्योगहरु क्रमिक रूपमा बन्द हुँदै जानेमा चिन्ता व्यक्त गर्नुभयो। ईटा उद्याेगीहरुलाई सरकारले कुनै ठोस कदम नचालेकोमा निराशा छाएको समेत बताउनुभयो।

पत्रकार सम्मेलनमा नेपाल ईटा उद्याेग महासंघ सुदुर पश्चिम प्रदेशका कोषाध्यक्ष सुरज श्रेष्ठले वातावरण प्रदूषणलाई ध्यानमा राखी सरकारले अबदेखि पुस मसान्तपछि मात्र इट्टा भट्टामा आगो लगाउने निर्णय गरेको बताउँदै भुसेभट्टाहरू वातावरणमा धेरै प्रदूषण गर्ने भएकाले संघीय सरकारले जिल्ला प्रशासनमार्फत पटक–पटक नियमन गर्दै आएको छ। तर, अझै पनि केही भुसेभट्टा सञ्चालनमा रहेका छन्, जसले वातावरणलाई अत्यधिक दुषित बनाइरहेका छन्। त्यसैले भुसेभट्टा तुरुन्त बन्द गरिदिन सम्बद्ध निकायलाई उद्योगीहरुले पुनः आग्रह गरेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस