२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

कञ्चनपुरको वेदकोट -१० मा एकैदिन २० छाउगोठ भत्काइयो


  • २०८२ श्रावण १२, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ४६० पाठक संख्या
  • प्रकाश भट्ट, १२श्रावण।कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -१० मा शनिबार एकैदिन २० वटा छाउगोठ भत्काइएका छन्। वडा अध्यक्ष रतन सिंह बिष्टका अनुसार शनिबार वडाभित्रका २० वटा छाउगोठ भत्काइएको हो। उनले केही छाउगोठ भत्काउन बाँकी रहेको र ती पनि छिट्टै हटाइने बताएका छन्।

    वडा अध्यक्ष बिष्ट यस अभियानमा आफैं सक्रिय रूपमा सहभागी भई घर-घर पुगेका छन्। उनी छाउगोठ भत्काउनुका साथै छाउगोठ प्रयोग नगर्नका लागि जनचेतनासमेत फैलाइरहेका छन्। यस कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। अभियानमा वडा अध्यक्ष बिष्टलाई स्वीट नेपालका सामाजिक सहजकर्ता पुजा जोशी र लक्ष्मी बमका साथै वडाका स्वयंसेविकाहरूले पनि साथ दिइरहेका छन्।

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ३० गते जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको थियो। कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्पको डसाइबाट छाउगोठमै मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले यो अभियान सुरु गर्न निर्देशन दिएको थियो। यसै निर्देशन अनुसार वेदकोट नगरपालिकाले पनि छाउगोठ भत्काउने कार्यलाई तीव्रता दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट