२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

वाइसियल बेलौरी नगर कमिटीको आयोजनामा सीताराम सांकेतधाम मन्दिर परिसरदेखि रामनगर चोकसम्म सरसफाई


  • २०८२ श्रावण १०, शनिबार मा प्रकाशित १0 महिना अघि
  • ४३९ पाठक संख्या
  • बेलौरी, १०श्रावण।“श्रम तथा उत्पादनमा वाईसिपीएल” भन्ने मूल नाराका साथ युवा कम्युनिस्ट लिग (YCL) नेपाल, बेलौरी नगर कमिटीको आयोजनामा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको सीताराम सांकेतधाम मन्दिर परिसरदेखि रामनगर चोकसम्मको झण्डै ५ किलोमिटर क्षेत्रसम्म विशेष श्रम तथा सरसफाइ अभियान सम्पन्न भएको छ। अभियान अन्तर्गत रामनगर र सितानगर गाउँका स्थानीय युवा, YCL का सदस्य, समाजसेवी र राजनीतिक नेताहरूको महत्वपूर्ण सहकार्यमा अभियानले धार्मिक स्थलहरूको सरसफाइ, सार्वजनिक ठाउँको झाडी सफा, र नगर सौन्दर्यीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको कार्यक्रमको संयोजन तथा व्यवस्थापनमा कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) इन्चार्ज तथा माओवादी केन्द्र बेलौरी नगर कमिटीका सह–सचिव राजु बहादुर कुँवरले जानकारी दिनुभयो। सहसचिव कुँवरका अनुसार सम्पूर्ण कार्यक्रमको व्यवस्थापन, टोली परिचालन र सहकार्यमा सशक्त समन्वयकारी भूमिका खेलेको बताउँदै युवाशक्तिलाई संगठन र सेवामा सक्रिय बनाएर समाज रूपान्तरण सम्भव छ। यो अभियान हाम्रो सामूहिक सोच, श्रमको सम्मान र स्वच्छ नगर निर्माणको प्रतिबद्धता हुने जनाएका छन्।

    कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बेलौरी नगर कमिटीका अध्यक्ष एवं बेलौरी वडा नं. ५ का वडाध्यक्ष लाल बहादुर चौधरी, नगर कमिटी सचिव सुन्दर चौधरी र समाजसेवी जय बहादुर कुँवरले समेत कार्यक्रममा विशेष सक्रियतामा अभियान संचालन भएको थियो।वडाध्यक्ष लाल बहादुर चौधरीले अभियानमा सहभागी हुँदै युवालाई प्रोत्साहन गर्नुपर्ने बताउँदै युवा परिचालन, श्रम र समाजसेवा आजको खाँचो हो। यस अभियानमा सक्रिय रूपमा सहभागी भएर गौरव महशुस गरिरहेको बताउनुभयो।

    बेलौरी नगर भलमन्सा समन्वय समिति अध्यक्ष अमर चौधरीको उल्लेखनीय अग्रसरता देखाएको बताउँदै रामनगर गाउँका युवाहरूलाई परिचालित गर्दै अभियानको सम्पूर्ण श्रम कार्यलाई सफल सहयोग गरेको बताउनुभयो।कार्यक्रमको नेतृत्वमा रहेका YCL बेलौरी नगर अध्यक्ष राजेश भट्टले अभियानको समग्र समन्वय गर्नुका साथै संगठनात्मक पक्ष मजबुत बनाउन भूमिका खेलेकोमा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट