२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

शुक्लाफाँटा नगरपालिकाको तीन वर्षे उपलब्धी सार्वजनिक


  • २०८२ जेष्ठ ५, सोमबार मा प्रकाशित १ महिना अघि
  • १८३ पाठक संख्या
  • कञ्चनपुर, ५ जेठ।कञ्चनपुर जिल्लाकोे शुक्लाफाँटा नगरपालिकाले सोमबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत नगरपालिकाका नगरप्रमुख रण बहादुर महराले तीन बर्षे उपलब्धी सार्वजनिक गर्नुभएको हो।पूर्वाधार विकास, पशुपक्षी, महिला, प्रशासन, न्याय, कषि, स्वास्थ्य शाखा, सहकारी, शिक्षा, भूमि व्यवस्थापन,रोजगारी, आर्थिक प्रशासन शाखामा तर्फका योजना कार्यान्वयन भएका छन कार्यक्रममा नगरप्रमुख महराले तीन बर्षे कार्यकालमा परेका योजना सार्वजनिक गर्दै भने, ‘निर्वाचनका बेला जनतासंग गरेका बाचा अनुरुप विकास निर्माणका कामकाज अघि बढेका छन, कतिपय पुरा भएका छन, कतिपय निरन्तर अघि बढिरहेका छन ।’ नगर खानेपानी चक्रपथ योजना बहुबर्षे योजना दुत गतिमा अघि बढाएको बताउँदै नगर स्तरिय कर्भडहल निर्माण सम्पन्न गरिएको छ ।३ सय सडक बत्तिमा ११सोलार बत्ति जडान, सिँचाईका लागि ६६ बोरिङ्ग निर्र्माण, २वटा मल्टिस्पान पुल निर्माण, नगर अस्पताल ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।सुरक्षित नागरिक आवास अन्तर्गत २ सय ५३ विपन्न जनतालाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ ।योग भवन निर्माण, पर्यटकीय मणिकाधाम बतासे झर्ना ३.५किलोमिटर पदमार्ग निर्माण, गत आर्थिक बर्ष ०८०/-०८१मा खोलामा नदीजन्य पदार्थ संकलन बाफत ४५लाख राजस्व संकलन गरिएको छ ।मानवबन्यजन्तुद्वन्द्व न्यूनिकरणका लागि ८किलोमिटर मेष वायर घेरवार निर्माण ३० जन्मजात अपाङताको पहिचान गरेर तालिम सचालन, एकल महिलालाई तालिम, ३सय बढि जेष्ठ नागरिकलाई परिचय पत्र वितरण, नगर प्रहरी गठन, अटो रिक्सा दर्ता कानुन बनाई हालसम्म ४४अटो रिक्साहरु दर्ता, ११रुटमा ईजाजत प्रदान गरिएको छ ।आर्थिक बर्ष ०७९÷०८०मा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा नियमित प्रदेशमै प्रथम, आर्थिक बर्ष ०८०÷०८१मा वित्तिय सुशासन जोखिम मुल्याङकनमा जिल्लामै पहिलो भएको छ । न्याय समिति मार्फत आव ०७९÷०८०मा २९ विवाद मध्ये २७ फछ्यौट, आव ०८०/०८१मा ३३मध्ये ३१ मेलमिलाप र चालु आर्थिक बर्ष ०८१/०८२मा १५ दर्ता ११फ्छ्यौट गरिएका छन ।तरकारी पकेट विकास अन्तर्गत विवित कृषिका कार्यक्रम संचालन गरिएको छ।शुक्लाफाँटा नगरका उपमेयर कमला कुमारी जोशी पन्तले निर्वाचित भएपछि निष्पक्ष रुपमा जनताको बृद्धि विकासका लागि कामकाज गरेको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टता अनुरुप विकास निर्माणका योजना फछ्र्याैट गरिएको बताउँदै नयाँ संविधान निर्माण पछि दोस्रो स्थानीय सरकार गठन भएपछि कञ्चनपुरको पहिलो शुक्लाफाँटा नगरपालिका तीन बर्षे कार्य उपलब्धी सार्वजनिक गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट