२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

लालझाडीमा नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणसम्बन्धी छलफल


  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित १ महिना अघि
  • २२३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ बैशाख । कञ्चनपुरको लालझाडीमा आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणसम्बन्धी छलफल कार्यक्रम गरिएको छ । “सन्तुलित विकास एवम् दिगो पूर्वाधार; समृद्ध लालझाडीको आधार” भन्ने नाराका साथ लालझाडी गाउँपालिकाले बुधबार उक्त कार्यक्रम गरेको हो । लालझाडी गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष निर्मल रानाले उक्त छलफलबाट नयाँ नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नुभयो । उपाध्यक्ष सपना चौधरी रानाले आगामी वर्षको नीति, कार्यक्रम तथा वार्षिक बजेट केही फरक ढंगबाट बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।पालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा स्थानीय तहको सन्तुलित र दिगो विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिने तथा समावेशी योजना निर्माण गर्ने विषयमा गहन छलफल गरिएको छ । सहभागीहरूले विकास आयोजनाहरूमा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ । स्थानीय तहको योजना, नीति निर्माण र बजेट तर्जुमा प्रक्रियामा सार्वजनिक सरोकार र सहभागिता अभिवृद्धि गर्न यस प्रकारका छलफल कार्यक्रमहरू प्रभावकारी हुने सहभागीहरूले विश्वास व्यक्त गर्नुभएको छ ।कार्यक्रममा Nepal National Social Welfare Association (NNSWA), PESWAN, र Practical Action को सहकार्य एवं समन्वय रहेको थियो । सम्बन्धित संस्थाका प्रतिनिधिहरूले समेत कार्यक्रममा प्रस्तुतीकरण राख्नु भएको थियोे । कार्यक्रम समापनका क्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले विकास साझेदार संघसंस्थाहरूको सहयोग र सहकार्यले लालझाडीमा थुप्रै कार्यहरू गरिएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट