कैलाली, २८ बैशाख।अनलाइन टिभी पत्रकार संघ, नेपालको कञ्चनपुर जिल्लाको संयोजकमा प्रकाश भट्ट र कैलाली जिल्लाको संयोजकमा दीपक रावल चयन गरेको छ।
अधिवेशन संयोजक वीरेन्द्र धामीले नयाँ समितिले सुदूरपश्चिममा अनलाइन पत्रकारिताको विकास, पत्रकारहरूको हित र पेशागत मर्यादाका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले अधिवेशनको सफलताका लागि सबैको सहयोगप्रति कृतज्ञता समेत प्रकट गर्नुभएको छ।नवनिर्वाचित अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र व्यवस्थित बनाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो। “पत्रकारहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षामा जोड र पेशागत हकहितका लागि निरन्तर काम गर्नेछौँ,” उनले भने, “सुदूरपश्चिमको पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन हाम्रो प्रयास रहनेछ।”
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले अनलाइन पत्रकारिताको भविष्य र चुनौतीबारे समेत गहन विमर्श गरेको थियो।
प्रतिक्रिया दिनुहोस