२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

अनलाइन टिभी पत्रकार संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न: अध्यक्षमा जोशी


  • २०८२ बैशाख २७, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ५९४ पाठक संख्या
  • कैलाली,२७ बैशाख।अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले भक्त राज जोशीलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा चयन गरेको छ।सुदूरपश्चिम प्रदेश सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीको सभापतित्व रहेको थियो।औपचारिक सत्रपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो। उक्त अभिमुखीकरण कार्यक्रममा अनलाइन पत्रकारितामा साइबर सुरक्षाको महत्त्व र चुनौतीबारे गहन छलफल भएको थियो।

    अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसमा भक्त राज जोशी अध्यक्ष, अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेम राज जोशी उपाध्यक्ष, टीकाराम साउद महासचिव, माधव पौडेल सचिव र सरिता चन्द कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा चुनिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट