धनबहादुर बिक, २७ बैशाख।भारतसंग सिमा जोडिएको कञ्चनपुरको पुनर्वास बाट नेपाल भारत आवतजावत गर्ने नागरिकलाई परिचयपत्र अनिवार्य गरिएको छ ।
शनिबार पुनर्वास नगरपालिका ६ सशस्त्र प्रहरी वल बिओपी त्रिभुवनबस्तिमा बसेको सिमा सहजीकरण समितिको बैठकले उक्त निर्णय गरि सूचना जारी गरेको हो।केहिदिन यता भारत र पाकिस्तान को अघोषित युद्ध सुरु भएको अवस्थालाई मध्येनजर गरि सिमा क्षेत्रमा बसोबास गर्ने अथवा काम बिशेषले भारत नेपाल आवतजावत गर्ने नेपालीलाई कुनै प्रकारको समस्या नहोस भन्ने उदेश्यले परिचयपत्र लाई अनिवार्य गरिएको सिमा सहजीकरण समिति संयोजक तथा पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामाले जानकारी दिनुभयो ।
आफ्नो परिचय खुल्ने नेपाली नागरिकता , ड्राइभिङ लाईसेन्स होस वा राष्ट्रिय परिचयपत्र,भोटर कार्ड लगायत हुनुपर्ने,तथा बिध्यार्थिको हकमा सम्बन्धित विद्यालयको आई कार्ड साथमा लिएको हुनुपर्ने सशस्त्र प्रहरी बल वडा नम्बर ६ का सहायक प्रहरी निरिक्षक नवराज शाहिले बताउनुभयो।
समितिले त्यो संगै महत्त्वपूर्ण ४ निर्णय अरू गरेको छ । अत्यावश्यक बिषय बाहेक चोरीपैठारी वा सामान्य कामले सिमा मा आवतजावत गर्ने लाई पुर्ण रूपमा रोक लगाईने तथा सूचना प्रवाह पश्च्यात पनि अटेर गर्ने लाई कानुनबमोजिम कार्वाही समेत गरिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाहिले बताउनुभयो।भारतबाट चोरिछिपी सानो ठुलो परिमाणमा अवैध सामान चोरीपैठारी गर्ने कार्य पुर्ण रूपमा प्रतिबन्ध गर्ने।
सिमामा अपराध तथा विपद व्यवस्थापन सम्बन्धित सचेतनामुलक कार्यक्रम हरू गर्ने निर्णय हरू गरेको छ भने हालका लागि सिमा नाकाबाट आवतजावत खुला रहेको पनि समितिले सूचना जारी गरेको छ।सिमा सहजीकरण समितिको भेलामा,वडा अध्यक्ष मित्र सिंह लामा,वडा सदस्य भावना स्वंर्णका,व्यापारी समाजसेवी श्रीकृष्ण नेपाल,शिक्षक प्रतिनिधि युवराज सुंय,उधोग वाणिज्य संग प्रतिनिधि देवी भट्ट,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख प्रहरी निरिक्षक,महेश बिक्रम शाही,सशस्त्र सिमा प्रहरी वडा नम्बर ६ का सहायक प्रहरी निरिक्षक नवराज शाही लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस