माधब पौडेल,२५बैशाख। कञ्चनपुरको बेलौरी नगरपालिकाले नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षा बैशाख ३०र ३१ गते गर्ने भएको छ।परीक्षा समितिको बैठकको निर्णय बमोजिम शैक्षिक वर्ष २०८१ को कक्षा-८ अन्तिम परीक्षाको नतिजामा बढीमा २ विषयमा NG प्राप्त गरेका वा बढीमा २ विषयमा अनुपस्थित रही ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीले परीक्षामा सहभागी जनाउन सकिने बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त शाखा प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो। कक्षा ८ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुने सामुदायिक तथा संस्थागत विद्यालयले महाकाली माध्यमिक विद्यालय विद्यानगर र जनज्योति माध्यमिक विद्यालय कलकत्तालाई परीक्षा केन्द्र तोकिएको निमित्त शाखा प्रमुख भट्टले जानकारी दिनुभयो। परीक्षा सञ्चालन बिहान ९ बजेदेखि हुने समेत जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस