माधब पौडेल, २० पौष। कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ को कार्यालयले शनिबार एक कार्यक्रमको बीच ज्येष्ठ नागरिक, एकल पुरुष तथा महिला, द्वन्द्व पीडित, अपाङ्ग र दलित समुदायका व्यक्तिहरूलाई ब्ल्याङ्केट वितरण गरेको छ।कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख अतिथि बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी,विशिष्ट अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलविर चौधरी, बेलौरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भोजराज चौधरी लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो।
आर्थिक वर्ष २०८१/०८२को जेष्ठ नागरिक, दलित, अपाङ्ग तथा महिला लक्षित कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिक १५४ जना,एकल पुरुष तथा महिला ५९ जना,पूर्ण अपाङ्गता भएका ६ जना, अति असक्त ३२ जना, द्वन्द पीडित ८ जना, र दलित १ जना गरी कुल २६० जनालाई ब्ल्यांकेट वितरण गरिएको बेलौरी नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।वडाध्यक्ष श्रेष्ठका अनुसार चिसो मौसममा केही राहत होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको समेत बताउनुभयो। कार्यक्रममा ६० जनाले स्वास्थ्य परीक्षण र २० जना जेष्ठ नागरिकको स्वास्थ्य बीमा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस