२०८२ अषाढ ३०, सोमबार | Mon, 14, Jul, 2025

जन्मदिनको अवसरमा रुपेश खत्री घरपरिवारद्वारा बौद्धिक अपाङ्गता कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण


  • २०८१ पौष ७, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ५२५ पाठक संख्या
  • बेलौरी,०७पौष। कञ्चनपुरको बेलौरी नगरपालिका–२ बन्दाताल निवासी,हाल अध्ययनका लागि जापानमा रहेका रुपेश खत्रीको २५औँ जन्मदिनको अवसरमा परिवारले समाजसेवाको उदाहरणीय कार्य गरेको छन। बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको बौद्धिक अपाङ्गता कक्षामा अध्ययनरत १२ जना छात्रछात्रालाई फलफूल,मिठाई,न्यानो कपडा लगायत शैक्षिक सामग्री वितरण गरिएको हो।सहयोग कार्यक्रम खत्रीका घरपरिवारको उपस्थितिमा सम्पन्न भएको हो। खत्री परिवारले आफ्नो व्यक्तिगत खुसीलाई सामाजिक सेवामा रूपान्तरण गर्दै विशेष आवश्यकता भएका विद्यार्थीहरूको जीवनमा सकारात्मक योगदान पुर्‍याएको छ। छोरा “रुपेशको २५औँ जन्मदिनलाई अर्थपूर्ण बनाउन समाजका लागि केही गर्ने सोचका साथ यो कार्य गरेका हौं। यी विद्यार्थीहरूको खुसीमा सानो भूमिका खेल्न पाउँदा हामीलाई गर्व लागेको यमबहादुर खत्रीले बताउनुभयो।विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूले खत्री परिवारको यो कदमलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्। यस प्रकारका सहयोगले विद्यार्थीहरूको शिक्षामा सहजता ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।२५औँ जन्मदिनको यो अवसरलाई समाजसेवामार्फत अर्थपूर्ण बनाएको खत्री परिवारको कार्य अन्य व्यक्तिहरूका लागि प्रेरणाको स्रोत बन्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट