माधब पौडेल,२३मङसिर।कञ्चनपुरको बेलौरी बजारमा अवस्थित कालिका मन्दिरमा प्रवेशद्वारको निर्माणका लागि दीपेन्द्र सिंह बिष्टद्वारा नगद रकम हस्तान्तरण गर्नुभएको छ।
करिब ३ दशक पछि बेलौरीको खुला मञ्चमा आयोजित रामलिला मञ्चन कार्यक्रममा राम भगवानको पात्रको रूपमा अभिनय गर्नुभएका बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर निवासी दीपेन्द्र सिंह बिष्टले मञ्चन कार्यक्रममा प्राप्त गरेको रकम कालिका मन्दिरको प्रवेशद्वार निर्माणका लागि मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रकाशराज पन्त र कोषाध्यक्ष अमित प्रसाद भट्टराई, शिक्षक सुरेन्द्र बोहरा र समिति सदस्य ज्ञानेन्द्र गौतमको उपस्थितिमा सहयोग बापतको १० हजार रुपैयाँ प्रदान गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष पन्तले जानकारी दिनुभयो। बिष्ट सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमा शाखा अधिकृतमा कार्यरत हुनुहुन्छ। मञ्चन कार्यक्रममा सीता माताको रुपमा अभिनय गर्नुभएकी करिस्मा खत्रीले कार्यक्रममा प्राप्त रकमबाट ५ सय रुपैयाँ प्रदान गरेको अध्यक्ष पन्तले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस