२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

कर्मचारी छनौट प्रकिया निष्पक्ष र पारदर्शिताका साथ गर्छौ प्रमुख प्रशासकीय अधिकृत:अवस्थी


  • २०८१ मंसिर २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४६२ पाठक संख्या
  • माधब पौडेल,२१ मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिकाले आव्हान गरेको सेवा करार पदपूर्ति सम्बन्धी सूचनाको दरखास्त दिने समय शुक्रबार सकिएको छ। नगरपालिकाले मङ्सिर ०६ गतेदेखि १५ को समय दिई सब इन्जिनियर (सहायक पाँचौं) १ जना र सहायक कम्प्युटर अपरेटर (सहायक चौंथो) ७ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आव्हान गरेकोमा सब इन्जिनियरमा १३ जना र सहायक कम्प्युटर अपरेटरमा १५२ जनाको दरखास्त परेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिनुभयो।प्रमुख प्रशासकीय अधिकृत अवस्थीले फाईल चेकजाँच गरेर छिट्टै सूचना प्रकाशित जारी गरी कर्मचारी पदपूर्ति समितिमा विषयविज्ञ सहित ४ जना हुने र समितिले लिखित र प्रयोगात्मक परिक्षा लिई पूर्ण रूपमा निष्पक्ष र पारदर्शिताका साथ छनौट गरिने समेत प्रमुख प्रशासकीय अधिकृत अवस्थीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट