माधब पौडेल,२०मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिकामा नगरस्तरीय महिला स्वास्थ्य स्वयंसेविका समितिले”विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वास्थ्य समाज निर्माणमा सहभागिता”भन्ने मूल नाराका साथ प्रभात फेरी गर्दै बिहीबार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम सम्पन्न भएको छ।नगरस्तरीय महिला स्वास्थ्य स्वयंसेविका समिति अध्यक्ष गोपी गुरुङ, प्रमुख अतिथि बेलौरी नगरपालिका नगर प्रमुख पोतीलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, नगर प्रवक्ता हर्क बहादुर भूल,लगायत वडाध्यक्ष, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
स्वयंमसेबिका दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका भई आफ्नो अमूल्य योगदान दिई उमेरले ६० वर्ष पूरा गर्नुभएका बेलौरी नगरपालिकामा वडा नम्बर १ बस्ने जुन कुमारी चौधरी र वडा नम्बर ४ बस्ने दुर्गा खरेलले गर्नुभएको कामको उच्च प्रशंसा गर्दै बेलौरी नगरपालिका कार्यालयले जनही रु एक/एक लाख रुपैयाँ, कदर पत्र सहित विदाई गरेको छ।दिवसको अवसरमा बिहीबार नै देवकी पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नगरस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गरेको सभापति गोपी गुरुङले जानकारी दिनुभयो। तेस्तै उपाध्यक्षमा भागरथी ऐर, सचिवमा महेश्वरी खत्री, सहसचिवमा बालकुमारी चौधरी,कोषाध्यक्षमा सरिता जैसी(ज्ञवाली),सदस्यमा जानकी शाही, लक्ष्मी बोहरा उमा चौधरी रघुपति चौधरी, बिटाना राना र पदेन सदस्यमा गोपी गुरुङ हुनुभएको हो। बेलौरी नगरपालिकामा ११७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको सभापति गुरुङले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस