माधव पौडेल, १७ मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिका मा निड्स नेपालको आयोजना BMZ/KKS जर्मन एवं ICDC-Nepal धादिङ NEEDS Nepal तथा स्थानीय सरकारको साझेदारीमा लैङ्गिक समता र प्रवर्धन गर्दै विपन्न वर्गको आर्थिक सामाजिक अवस्थामा सुधार कार्यक्रमको सुरुवाती बैठक आइतबार सम्पन्न भएको छ।
बेलौरी नगरपालिकाका वडा नम्बर ५ र ९ का ग्रामीण समुदायका १४ समुदाय र ३९० परिवार र विद्यालयका ६२५ बालबालिका सामाजिक आर्थिक अनुकूलका उपायहरूद्वारा गरिबीबाट जोगिएका हुनेछन्।आफ्नो रुचि अनुसारको प्रतिनिधित्व गरी शिक्षा स्वास्थ्य क्षेत्रमा उच्च लैङ्गिक सचेत गर्ने उद्देश्य लिएको छ। बेलौरी नगरपालिकाका लक्षित वर्गको गरिबी न्यूनीकरण मार्फत तिनीहरूका बालबालिका र तिनीहरूका परिवारको शिक्षा स्वास्थ्य र सरसफाईमा सुधार गर्ने मुख्य उद्देश्य लिएको छ। त्यस्तै संस्थागत रूपमा रहेका लक्षित वर्गहरू स्वावलम्बी समूहका समुदायहरू कृषक समूह तथा सहकारी संस्थाका सदस्यहरू विद्यालयका शिक्षक विद्यार्थी शिक्षक अभिभावक सङ्घ तथा विद्यालय व्यवस्थापन समिति खानेपानी उपभोक्ता समिति विपद व्यवस्थापनहरु बाल क्लब स्थानीय तह जिल्ला तह तथा जनप्रतिनिधिहरू र नागरिक समाजबाट लक्षित गरिने। बेलौरी नगरपालिकामा परियोजनाले गर्ने कामहरू कृषक समूहलाई औजार सहकारीलाई औजार सहयोग सहकारीको संरचना निर्माण किसान समूह सशक्तिकरण किसान समूहलाई तालिम सहकारीलाई तालिम माटो परीक्षण र विश्लेषण डालेघाँस रोपण कम्पोस्ट मल बनाउने बाल विकास निर्माणमा सहयोग कृषि उत्पादन प्रदर्शनी केन्द्र निर्माण गोठ सुधार कार्यक्रम तरकारी खेतीमा सहयोग बाख्रापालनमा सहयोग सिलाई तालिममा सहयोग कुखुरापालनमा सहयोग गरिने निड्स नेपालका प्रोजेक्ट कोर्डिनेटर मिनबहादुर हुड्केले जानकारी दिनुभयो। सुरुवाती बैठकमा बोल्दै निड्स नेपालका सह-कार्यकारी निर्देशक प्रकाश चन्द्र मडैले परियोजना लागू हुने वडाहरूमा प्रारम्भिक सर्भे गरिएको र केही मापदण्डहरू राखी कार्यक्रम अघि बढाउने बताउँदै परियोजना २०८१ साल असार १७ बाट सुरु २०८४ साल पुष १५ गते अर्थात् तीन वर्ष छ महिनाको सम्पन्न गर्ने समय रहेको बताउँदै कार्यक्रममा BMZ/KKS जर्मनको ४ करोड १८ लाख ६२ हजार २ सय६८ रुपैया र स्थानीय स्रोतबाट जुटाउनुपर्ने ७३ लाख ८७ हजार ५ सय ५९ रुपैयाँ गरी कुल ४ करोड ९२ लाख ७ सय २८ रुपैयाँ खर्च गरिने बताउनुभयो।
कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले क्रमश अन्य कार्यक्रमहरू अन्य वडामा पनि विस्तारका दातृ निकायसँग छलफल गरिरहेको समेत बताउनुभयो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख जोगराम चौधरीले बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ मा हुने कार्यालय समृद्धितर्फ अगाडि बढ्ने बताउँदै मुख्य मुख्य बुँदामा प्राथमिकता दिनसके प्रभावकारी हुने बताउनुभयो। कार्यक्रमको समापनमा बोल्दै निड्स नेपाल अध्यक्ष दुर्गा खरेलले कार्यक्रममा उठेका विषयमा छलफल गरी अगाडि बढाइने बताउँदै संकटग्रस्त क्षेत्र पहिचान गरी कार्यक्रमलाई प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर १ देखि १० नम्बरसम्मका वडा अध्यक्ष नगरपालिका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस