२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बेलौरी नगरपालिकाले दुई वर्षसम्म पनि किन गर्न सकेन त कवाड संकलनको ठेक्का सम्झौता गर्न


  • २०८१ मंसिर १५, शनिबार मा प्रकाशित ४ दिन अघि
  • १२३ पाठक संख्या
  • केशब भट्ट, १५ मंसिर, बेलौरी।कञ्चनपुरको बेलौरी नगरपालिकामा दुई वर्षदेखि कवाड संकलनका लागि ठेक्का सम्झौता नहुँदा अव्यवस्थित संकलन भइरहेको छ।कवाड संकलनका लागि ठेक्का सम्झौता नहुँदा नगरमा आर्थिक चलखेलको आशंका उब्जिएको छ भने यसले नगरपालिकालाई राजस्व घाटा समेत पुर्याएको छ।

    नगरमा विगतदेखि वर्तमानसम्म आर्थिक वर्ष २०७९/८० मा कवाड संकलनका लागि ४ लाख ७५ हजारको आधार मूल्यमा ठेक्का आव्हान गरिएको थियो। बढाबढ प्रक्रियामा ठेक्का करिब १७ लाखमा सम्झौता भएको थियो। तर आर्थिक वर्ष २०८०/८१ मा ठेक्का आव्हान गरिए पनि कुनै निवेदन प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिनुभयो।

     

    त्यसयता चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का नै आव्हान गरिएको छैन। “नगरपालिकाले गतवर्षको ठेक्का रकमभन्दा १० प्रतिशत बढाएर सूचना प्रकाशित गर्नुपर्ने नियमअनुसार सूचना प्रकाशन नगरेको र यसले आर्थिक व्यवस्थापनमा कमजोरी देखिएको छ।कवाडको ठेक्का सम्झौता नहुँदा नगरपालिकालाई करिब १७–१८ लाख राजस्व संकलनमा कमि आएको छ।यसले नगरपालिकालाई राजस्व घाटा पुर्याएको छ। दुई वर्ष सम्म ठेक्का सम्झौता हुन नसक्दा स्थानियहरूले आर्थिक चलखेल भएको हो कि भन्नेमा चासो व्यक्त गरेका छन्।कवाड संकलनका सामग्रीमा प्लास्टिकका बोतल, बियर र वाइनका बोतल, फलामका वस्तुहरू, कागज खालि सिसि लगायतका सामग्री पर्छन्।स्थानियहरूले नगरपालिकालाई कवाड व्यवस्थापन प्रभावकारी बनाउन तत्काल ठोस कदम चाल्न र आर्थिक पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट