२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

कञ्चनपुरको बेलौरीमा ईटा प्रहार गरी श्रीमानको हत्या:श्रीमती पक्राउ


  • २०८१ मंसिर १४, शुक्रबार मा प्रकाशित ५ दिन अघि
  • १२०५ पाठक संख्या
  • कञ्चनपुर, १४ मंसिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा घरसायी विवाद भएपछि सुतेको अवस्थामा रहेका ४९ बर्षिया सियाराम रानाको हत्या निजकै ४३ बर्षिया श्रीमती जनक कुमारी रानाले गरेको खुलेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उमेशराज जोशीले सियाराम शौचालयमा मृत भेटिएको खबर आएपछि इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी निरीक्षक भाष्कर चन्द टोलीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीलाई सियाराम राना चिप्लेर मरेको खबर आएको थियो । प्रहरी घटना स्थल पुग्दा शौचालयमा चिप्लिएर मरेको खबर भएपनि प्रहरी घटना स्थल पुग्दा घरमै ग्यालरीमा सिरकले छोपेको भेटिएपछि प्रहरीलाई थप शंका भएको थियो।शौचालय र बाथरुमा लडेको जस्तो नदेखिएको, मृतकको टाउकोमा काटिएको चोटहरु देखिएको जुन शङ्कास्पद थियो। प्रहरीले घटनामा शंका मानेपछि घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबुल, ढोका लगायतमा रगत देखिएको, खाटमुनी पनि रगत र रगत लागेको आधा ईटा भेटिएपछि प्रहरीले रानाको चिप्लिएर मृत्यु नभई हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको प्रवक्ता जोशीले बताउनुभयो। प्रहरी थप दराजभित्र प्लाष्टिकको सानो जेब्रा झोलमा महिला र पुरुषले लगाउने लुगा समेत रगतले भिजेको अवस्थामा फेला पारेको थियो । कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीले उक्त घटना शस्कापद लागेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रानाकी श्रीमती जनकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताउनुभयो ।प्रारम्भिक अनुसन्धानकै क्रममा जानकीले श्रीमानलाई आफुले सुतेका बेला ईटा प्रहार गरेर हत्या गरेको स्वीकार गरेकी छिन । प्रहरीले घटनाको अनुसन्धान गर्नका लागि जनकको अदालतबाट १० दिनको म्याद थपेको छ । राना दाम्पतीका १ छोरी छिन। मृतक रानाले अटो चलाएर जिवन यापन गरिरहेका थिए।क्षणभरमै श्रीमान श्रीमती विच वादविवादले हत्यामा परिणत भएपछि राना परिवारमा बज्रपातका साथै छोरीको विचल्ली भएको छ ।प्रहरीलाई आएको प्रारम्भिक सुचनाकै भरमा प्रहरी अघि बढेको भए क्षणभरमै हत्याराले उन्मुक्ति पाउने अवस्था भएपनि प्रहरीको चलाखीपन गम्भिरताले सियारामका हत्यारा पक्राउ गर्न प्रहरी सफल भएको छ । घटनाको थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट