२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

आज यमपञ्चकको पहिलो दिन काग तिहार मनाइदै


  • २०८० कार्तिक २५, शनिबार मा प्रकाशित १ साल अघि
  • ३०१ पाठक संख्या
  • कार्तिक २५। यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् आज कागतिहार मनाइदै छ। विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ।

    सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पंक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

    काग अत्यन्त चलाख पंक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट