२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

राष्ट्रिय जनमोर्चा कञ्चनपुरको छैठौँ जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा पुन:कार्की


  • २०८० भाद्र २५, सोमबार मा प्रकाशित १ साल अघि
  • ४९८ पाठक संख्या
  • बेलौरी ,भाद्र २५। राष्ट्रिय जनमोर्चा कञ्चनपुरको अध्यक्षमा सोमबार बेलौरीमा सम्पन्न भएको जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनबाट पुन अध्यक्षमा राम बहादुर कार्की लाई चयन गरेको छ।

    तेस्तै सम्मेलन बाट उपाध्यक्षमा मञ्जु परियार, सचिव लाल बहादुर कुँवर, सहसचिव रंग बहादुर चौधरी, कोषाध्यक्ष पृथ्वी केसी चयन भएका छन । सदस्यहरु रमा नेपाली, गोबिन्द बोहरा,रामलाल चौधरी, बिर बहादुर बोहरा, लक्ष्मी चौधरी, शुशिला नेपाली,नन्दा कुमारी भट्ट, बाबुराम चौधरी, वैकल्पिक सदस्य राम बहादुर विक, पूर्ण पौडेल, पार्ववती चुनारा, सल्लाहकार जय बहादुर मल्ल, तारादेवी चौधरी,खुशिराम राना,किशन नेपाली, केशव सुवेदी रहेका छन । पार्टी महासचिव मनोज भट्टको प्रमुख आथित्यमा अधिवेशन सम्मन्न भएको थियो । प्रमुख अतिथि समेत रहेका जनमोर्चाका महासचिव मनोज भट्टले संघीयताकै कारण मुलुकका संकट आईपरेकाले विद्यमान समस्या हटाउनका लागि संघीयता खारेजीमा जोडदिए । छैठौँ जिल्ला सम्मेलनबाट पनि सर्वसम्मत अध्यक्ष भएका राम बहादुर कार्कीले मुलुकमा भ्रष्टाचार बेथिति मौलाउने संघीयता खारेजीदेखि जिल्लाका जनताका विद्यमान समस्या केन्द्रीत सरकारी निकाय घच्घचाउने गरेर कार्यक्रम संचालन गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि भट्ट सहित पाटी निकट तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी,अखिल नेपाल महिला संघ उपाध्यक्ष कोपिला कार्की,अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य तारामणी शर्मा, नेकपा मसालका जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडू, जनमोर्चा केन्द्रीय सल्लाहकार मञ्जु परियार लगायतको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट