२०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025

बेलडाँडीमा ढिलो कार्यालय आउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक


  • २०८० भाद्र २५, सोमबार मा प्रकाशित २ साल अघि
  • ५०५ पाठक संख्या
  • बेलडाँडी,२५ भाद्र। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्यालय समय भन्दा ढिलो आउने कर्मचारीहरुलाई मुल गेटबाटै फर्काइएको छ ।

    बेलडाँडीमा सोमबार कार्यालयमा समय भन्दा ढिलो उपस्थित हुने कर्मचारीहरुलाई पालिका अध्यक्ष हरिश्चन्द्र रानाले मुल गेटमै रोकेर प्रवेशमा रोक लगाएका हुन्। बेलडाँडी गाउँ पालिकाका जम्मा ३६ जना कर्मचारीहरु मध्य ६ जना कार्यालय सहयोगी र ३ जना अन्य कर्मचारी मात्रै समयमा उपस्थित रहेका अध्यक्ष रानाले जानकारी दिनुभयो। कर्मचारीहरु कार्यालय समयमा अनुपस्थित रहदा जनताहरु गुणस्तरीय सेवाबाट बंचित हुन थाले पछि कार्यालयमा उपस्थित हुन नदिइ फर्काउन परेको अध्यक्ष रानाले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट