बेलौरी, २४ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बजारबाट ४७ दशमलव ८५ ग्राम लागू औषध ब्राउन सुगर सहित बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा हिजो साँझ उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरिएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस