बेलौरी ,२०भाद्र। कञ्चनपुरको बेलौरीमा शान्ति पुनर्स्थापना गृहको आयोजनामा मानव बेचविखन विरूद्धको अभियान’ ” सामाजिक न्याय र आर्थिक सशक्तीकरण :मानव बेचविखनको निर्मूलन”भन्ने मूल नाराका साथ मानव बेचबिखन विरूद्धको १७ औँ राष्ट्रिय दिवस बेलौरीमा पनि मनाइएको छ ।
यस अवसरमा बेलौरी वडा नम्बर -४ को सभाहलमा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको आयोजनामा शुरू गरिएको छ । सरोकारवालाहरूले मानव बेचविखन तथा ओसारपसार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए ।
गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएकोले समस्या समाधानका लागि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता औल्याउदैँ यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज एवं प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले स्पष्ट पार्नुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले मानव बेचविखन तथाओसारपसार निर्मूल पार्न सबै पक्षको हातेमालो हुन जरूरी रहेको बताउनुभयो।कार्यक्रमका अध्यक्ष बेलौरी नगरपालिका वडा नं.६ का वडाध्यक्ष भोजराज चौधरीका अनुसार खुल्ला सिमाका कारण विभिन्न प्रलोभन देखाई यस्ता घटना हुन सक्ने भन्दै सबैले सचेत रहनु पर्नेमा जोड दिनु भयो । न्यूनीकरणका कार्यमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा वहाँको जोड रहेको थियो ।
कार्यक्रममा मानव वेचविखन तथा ओसारप्रसार नियन्त्रणमा योगदान पु¥याएका विभिन्न सरकारी , गैरसरकारी संघ संस्था, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी, सञ्चारकर्मी, स्थानीय लगायतको बाक्लो उपस्थित रहेको थियो । उक्त कार्यक्रमको संचालन शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीकी प्रतिनिधि नितु बिष्टले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस