२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

इप्रका बेलौरीद्वारा नागरिक सुनुवाइ तथा परिचयात्मक कार्यक्रम


  • २०८० भाद्र १९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३५४ पाठक संख्या
  • बेलौरी, १९ भाद्र । कञ्चनपुरको बेलौरी स्थित इलाका प्रहरी कार्यालयले मंगलबार नागरिक सुनुवाइ तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीमा हालै सरुवा भई आउनु भएका इन्चार्ज प्रहरी निरीक्षक गौरी प्रसाद जैसीको सभापतित्वमा कार्यक्रम गरिएको हो । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना लगायतका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव सहित विभिन्न कार्यालयका प्रमुखहरू, समाजसेवी बुद्धिजीवी प्रेमसिंह बोहरा, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरू, उद्योग वाणिज्य संघका पदाधिकारी, बैंक तथा लघुवित्त संस्थाका शाखाका प्रमुख, इँटा व्यवसायी, विभिन्न क्लबका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि र पत्रकार समेतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

     

    कार्यक्रममा प्रहरी नायव निरीक्षक चन्द्र बहादुर कठायतले स्वागत मन्तव्य राख्नुभएको थियो । परिचयात्मक कार्यक्रममा सहभागीहरूले लागू औषध र चोरी तस्करीका घटनालाई विशेष रूपमा लिई अनुसन्धान गर्न आग्रह गरेका छन् । कार्यक्रमको अन्त्यमा बोल्दै इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक जैसीले आफ्नो कार्यकालमा लागू औषध नियन्त्रण, ट्राफिक सचेतना, भन्सार छली तस्करी गरी ल्याउने सामग्री नियन्त्रण, चोरीका घटनालाई न्यूनीकरण गर्ने, आफ्नो कार्यालयमा कुनै समस्या लिएर आउने सेवाग्राहीलाई सहजै सेवा दिने भन्दै आफ्नो कार्यकालमा ५ काम लाई विशेष प्राथमिकतामा राखेको समेत बताउनु भयो । कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक बर्म बहादुर रोकायाले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट