२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

बेलौरी नगरपालिका २मा रहेको बि ओ पि थापाचोकद्वारा सिमा सहजीकरण समिति गठन


  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित १ साल अघि
  • ६०३ पाठक संख्या
  • बेलौरी ,१३ भाद्र ।नेपाल भारत सीमा इलाकामा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सीमा इलाकामा आवात जावत गर्ने मानिसहरु लाइ सहजीकरण गर्ने उद्देश्यले सिमा सहजिकरण समिति गठन गरिएको छ ।
    जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका भारतीय सिमा नाका संग जोडिएको वडा नम्बर २ थापाचोकमा सशस्त्र प्रहरी वल बी ओ पी को आयोजना मा उक्त सिमा सहजीकरण समिति गठन गरिएको हो । सशस्त्र प्रहरी बल कञ्चनपुरको निर्देशन अनुसार सिमा क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रणका लागि सिमा सहजीकरण समिति बनाउनुपर्ने भएकोले उक्त समिति गठन गरिएको बि ओ पी थापाचोकका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक विबेक लामिछानेले जानकारी दिनुभयो।
    बेलौरी नगरपालिका २ का वडा अध्यक्ष कलबिर चौधरीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समिति को सदस्यहरूमा महिला वडा सदस्य , सामाजिक संस्था जगत चौधरी ,नागरिक समाजबाट टेकबहादुर साउद , स्थानीय सञ्चारकर्मी बाट माधब पौडेल , बेलौरी उधोग वाणिज्य संघ अध्यक्ष हिरा सिंह बिष्ट , शिक्षक प्रतिनिधि बिरेन्द्र सिंह भण्डारी , प्रहरी चौकी फटियाका इन्चार्ज स प्र नि भोज बहादुर पाल स प्र नि गणपति अधिकृत चन्द्र सिंह महरा , स .प्र . नि .विबेक लामिछाने सदस्य सचिव प्रतिनिधि रहनेगरि ११ सदस्यीय समिति गठन गरिएको हो ।

    समितिले सिमा मा हुने बिबाद सुल्झाउन , नेपाल भारत सीमा इलाकामा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सीमा इलाकामा आवात जावत गर्ने मानिसहरु लाइ, सहजीकरण गर्ने ,सीमा स्तम्भ हरूको रेखदेख गर्ने तथा सशस्त्र प्रहरी बल नेपाल लाई सहयोगी भुमीका निर्वाह गरी थप प्रभावकारी बनाउने उदेश्य ले सीमा सहजीकरण समिति गठन गरिएको बताएको छ । नवगठित समितिको प्रत्येक एक एक महिनामा बैठक बसि छलफल र सहकार्य को माध्यमबाट सिमानाकामा हुने नकारात्मक गतिविधिमा केन्द्रीत रहि समस्या समाधान तर्फ भुमिका निर्वाह गर्ने समितिले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट