२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

महाकाली बहुमुखी क्याम्पस बेलौरीमा लागुपदार्थ दुर्ब्यसन सम्बन्धि अन्तरक्रिया कार्यक्रम को आयोजना


  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित २ साल अघि
  • ११७३ पाठक संख्या
  • बेलौरी १३ भाद्र । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको महाकाली बहुमुखी क्याम्पस बेलौरीमा स्वतन्त्र बिद्यार्थी युनियनले बुधबार लागुपदार्थ दुर्ब्यसन सम्बन्धि अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमको सभापति महाकाली बहुमुखी क्याम्पसको  स्वबियु सभापति निरज भण्डारी ,प्रमुख अतिथी क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष हरेन्द्र सिह बिस्ट,विशिष्ट अतिथी ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख गौरी प्रसाद जैसी क्याम्पस प्रमुख धर्मराज जोशी लगायत प्राध्यापक र बिद्यार्थीको उपस्थिति रहेको थियो।

    लागू औषध र ट्राफिक नियम सम्बन्धमा ईलाका प्रहरी कार्यालयका प्रमुख जैसीले लागू औषध के हो र यो क्षेत्र लागू पदार्थ ओसारपसार को केन्द्र बनेको बताउदै आफ्नो कार्यकालमा नियन्त्रणका पहिलो प्रथामिकतामा राखेको र सचेतनाक लागी कार्यक्रम माध्यम बाट न्यूनीकरणका सक्दो प्रयास गरिने बताउनुभयो ।तेस्तै सवारी दुर्घटना ,ट्राफिक नियम उल्घन भन्सार चोरी तस्करी गुण्दागर्दी नियन्त्रण फरार, अपराधीको पक्राउ र प्रहरी सेवामा सहजीकरण गर्नमा आफ्नो पहल रहने बताउनुभयो ।प्रमुख अतिथी क्याम्पस सञ्चालक समितीका अध्यक्ष हरेन्द्र सिंह बिष्टले लागू औषध नियन्त्रणका लागि नगरस्तरिय समिति गठन गर्न सके प्रभाबकारी हुने बताउदै यसलाई समयमै नियन्त्रण गर्न नसके भयबित हुने बताउनुभयो ।कार्यक्रमको सभापति भण्डारीले बिधालयले क्षेत्र बाटै लागू औषधको बारेमा जानकारी गराउदा अझै प्रभाकारी हुने बताउनुभयो।कार्यक्रमको सञ्चालन स्वबियु सचीव यशोदा रेग्मीले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट