२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

पत्थरीको अप्रेसनपछि बिरामीको मृत्यु


  • २०८० भाद्र ११, सोमबार मा प्रकाशित १ साल अघि
  • ४९२ पाठक संख्या
  • धनगढी- धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो।

    उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुवै मिर्गौलामा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको बायाँ मिर्गौलामा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ मिर्गौलामा साढे ९ एमएमको पत्थरी थियो।

    अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मिर्गौलाको पत्थरीको अप्रेसन पछि अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको जनाए। मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्रेसनको लागि अप्रेसन थियटर लगियो। सुरुमा अप्रेसन सफल भयो भनियो। हामीमा खुसीको सीमा थिएन। तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए। उनको पेट पुरै फुल्यो। रक्तश्राव भएछ। पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए। बिरामीको अवस्था झन बिग्रियो। त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए।’

    अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताए। उनले भने ‘उपचारका क्रममा बिरामीको मृत्यु हुनुको कारणबारे चिकित्सकसँग आधिकारिक जानकारी नआएसम्म केही भन्न सकिदैन्।’

    अस्पतालका एक चिकित्सकका अनुसार अत्याधिक रत्तश्राब भएपछि बिरामीको ज्यान बचाउन कै लागि बिरामीको एउटा मिर्गौला निकाल्नु परेको थियो।

    यो समाचार स्वास्थ्य खबरपत्रीका बाट साभार गरिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट