२०८२ अषाढ ११, बुधबार | Wed, 25, Jun, 2025

कञ्चनपुरको बेलडाँडीमा रामलीला आयोजना गरिने


  • २०८० भाद्र ९, शनिबार मा प्रकाशित १ साल अघि
  • ४७३ पाठक संख्या
  • बेलडाँडी, ०९ भदौ । कञ्चनपुरको बेलडाँडीमा रामलीला आयोजना गरिने भएको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत् चरित्रका लागि यस वर्षको दशैँ र तिहारको बिचमा रामलीला सञ्चालन गरिने बेलडाँडी रामलीला समितिका अध्यक्ष गोपाल सिंह गुरुङले जानकारी दिनुभयो । शनिबार बेलडाँडी गाउँपालिकाको सभा हलमा आयोजित रामलीला समितिका आजीवन सदस्य, समाजसेवी, बुद्धिजीवी लगायतको आम भेलाले कार्तिकको दोस्रो सातादेखि रामलीला सञ्चालन गर्ने र त्यसका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताउनु भयो । भेलामा सहभागी बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना सहितका जनप्रतिनिधिहरू र समाजसेवी बुद्धिजीवीहरू सबैले आवश्यक सहयोगको लागि प्रतिबद्धता जनाउनु भएको छ ।

    भगवान् रामचन्द्रको जीवन कथामा आधारित रामलीला सञ्चालनका लागि बेलडाँडी रामलीला समिति नै मूल आयोजक समितिका रूपमा रहने निर्णय गरिएको समितिका महासचिव जय बहादुर कुँवरले जानकारी दिनुभयो । शनिबार नै बसेको मूल आयोजक समितिको बैठकले आर्थिक व्यवस्थापन तथा परिचालन समिति, तालिम सञ्चालन व्यवस्थापन तथा पात्र छनौट समिति, अतिथि व्यवस्थापन तथा सत्कार समिति, प्रचारप्रसार तथा अभिलेखन समिति, मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समिति र आजीवन सदस्यता वितरण समिति गठन गर्ने निर्णय गरेको मूल आयोजक समितिका सचिव मदन राज भट्टले बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट