२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

उपाध्यक्ष मनोनयनमा नगर प्रमुख चौधरी सहित दुई जनालाई कारण देखाउ आदेश


  • २०८० भाद्र ३, आईतबार मा प्रकाशित १ साल अघि
  • १०११ पाठक संख्या
  • कञ्चनपुर , ०३ भाद्र । बेलौरी नगरपालिकालाई विपक्षी बनाएर जनप्रतिनिधिहरुले नै उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको रिट उपर कारण देखाए आदेश जारी भएको छ । बिहिबार बेलौरी नगरपालिका २, ३, ४ र ६ नम्बरका वडा अध्यक्षले नगर स्वास्थ्य ऐन विपरीत चयन गरिएका स्वास्थ्य संस्था व्यवस्थापन समितिका उपाध्यक्षहरूको नियुक्ति खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर गरेकोमा आइतबार उच्च अदालत दिपायल,महेन्द्रनगर इजलासका न्यायाधीश अर्जुन प्रसाद कोइरालाले कारण देखाउ आदेश जारी गर्दै नियुक्ति गरिएका ४ जना व्यक्तिलाई स्वास्थ्य संस्थाको उपाध्यक्ष भई कामकाज नगर्न नगराउन समेत अन्तरिम आदेश गरिएको छ । बेलौरी नगरपालिकाको नगर स्वास्थ्य ऐन २०७९ मा नगरपालिका मातहतका स्वास्थ्य संस्थाको व्यवस्थापन समितिको उपाध्यक्षमा सम्बन्धित वडाका वडा अध्यक्षले तोकेको लब्धप्रतिठिष्त समाजसेवी हुनुपर्ने व्यवस्था छ । अदालतमा दायर गरिएको रिट अनुसार नगर प्रमुख पोतीलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी सहित मनोनीत उपाध्यक्षलाई विपक्षी बनाइएको छ ।

    नगरपालिकाको स्थानीय स्वास्थ्य ऐन २०७९ लाई मिचेर वडाभित्र रहेका स्वास्थ्य संस्थाहरूको उपाध्यक्ष चयन गरेको वडा अध्यक्षहरुले अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । स्वास्थ्य ऐनको दफा ७ लाई मिचिएकोले पालिका मातहतका स्वास्थ्य संस्थाको व्यवस्थापन समिति उपाध्यक्ष नियुक्ति खारेजीको लागि रिट निवेदन हालिएको बेलौरी नगरपालिका–२ का वडा अध्यक्ष कलविर चौधरीले बताए । ‘स्वास्थ्य ऐनमा नगरपालिका मातहतको स्वास्थ्य संस्था व्यवस्थापन समितिको उपाध्यक्ष पदमा वडा अध्यक्षले मनोनयन गर्ने भनिएको छ,’ वडा अध्यक्ष चौधरीले भने ‘नगरपालिकाले उपाध्यक्ष नियुक्त गरेर हाम्रो संबैधानिक एवं कानुनी हक हनन गर्यो । नियुक्ति खारेजीको लागि रिट दियौं ।’

    नगरपालिकाको निर्णय सच्याउन पटक–पटक आग्रह गर्दापनि पुनर्विचार नगरिएपछि कानुनी रुपमा अगाडी बढेको बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले बताएका छन् । श्रावण २४ गते नगरपालिकाले पालिका मातहतका १२ वटै स्वास्थ्य संस्थाको व्यवस्थापन समितिका उपाध्यक्षहरू नियुक्ति गरेको थियो । सो विषयमा जानकारी लिँदा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले राजपत्र मिति २०७९ असार २० को बेलौरी नगरपालिकाले प्रकाशित गरेको स्थानीय स्वास्थ्य सेवा ऐनलाई टेकेर बेलौरी नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थामा उपाध्यक्ष मनोनयन गरेको दाबी गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट