२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरी नगरपालिका वडा नम्बर ४को पहलमा सञ्चालित १ महिने जिप,कार ड्राइभिङ सम्बन्धि तालिम सम्पन्न


  • २०८० अषाढ १, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६३३ पाठक संख्या
  • बेलौरी,०१ असार ।कञ्चनपुरको बेलौरीमा एक महिने जिप,कार ड्राइभिङ  सम्बन्धि तालिम सम्पन्न भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ०४ को पहल र घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको आयोजनामा शुक्रबार एक कार्यक्रमका बिच एक महिने जिप,कार ड्रईभिङ्ग सम्बन्धि तालिम सम्पन्न भएको हो । बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको रामु ड्रईभिङ्ग ट्रेनिङ्ग सेन्टरले तालिम दिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको आर्थिक वर्ष ०७९÷८० को वार्षिक कार्यक्रम अनुसार बेलौरी नगरपालिका वडा नम्बर ०४ मा एक महिने जिप,कार ड्रईभिङ्ग सम्बन्धि तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कंचनपुरका प्रशिक्षण अधिकृत कृष्ण देव भट्टले बताउनुभयो । जेठ २ गतेबाट एक महिने जिप,कार ड्रईभिङ्ग सम्बन्धि तालिमको शुभारम्भ गरिएको थियो भने जेठ ३२ गते तालिम सम्पन्न गरिएको प्रशिक्षण अधिकृत भट्टले बताउनु भएको छ । बिशेष गरेर साना तथा घरेलुु उद्योग कार्यालय कञ्चनपुरले उद्योग दर्ता र सीप बिकाश तथा तालिम सिकाउने काम गर्दै आएको उहाँले बताउनु भयो । बेलौरी नगरपालिका वडा नम्बर ०४ मा बसोबास गर्ने युवायुवतीहरुले सिपको अभावमा खाली बस्नु नपरोस भन्ने मनसायले यसप्रकारको तालिमको पहल गरेको वडा नम्बर ०४ का अध्यक्ष अर्जुन ढकालले बताउनुभयो । यस्तै अहिले वडाको पहल तथा सहयोगमा ३ महिने आल्मुनियमका ग्रील तथा झ्यालढोका बनाउने तालिम र ३ महिने बेसिक कम्प्युटर तालिम पनि संचालनमा रहेको उहाँले जानकारी दिनुभएको छ । आगामी आर्थिक वर्ष ०८०÷८१ को आउने बजेटमा पनि सीप विकासका तालीमलाई मुख्यरुपमा निरंतरता दिने अध्यक्ष ढकालले बताउनुभयो । तालिमा सहभागी २० जना लाई  प्रमाणपत्र  बितरण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट